Hamro Patra
रेशम छुट्न गठबन्धनको सरकार आवश्यकः चौधरी

टीकापुर, असोज २९

पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीले निर्वाचनपछि गठबन्धनको बहुमतको सरकार बने रेशम चौधरीसहित टीकापुर राजबन्दी रिहा हुने तर्क गरेका छन्।

नेपाली कांग्रेसका नेता समेत रहेका उनले शनिबार जोशीपुरमा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका पूर्वमन्त्री चौधरीले भने, ‘संविधान संशोधन हुँदैन तबसम्म हाम्रा साथीहरुको मुद्दा फिर्ता हुँदैन। कानून शंसोधनको लागि संसदमा दुई तिहाईको बहुमत चाहिन्छ। जबसम्म हालको नेपाली कांग्रेस नेतृत्वको गठबन्धन बहुमत ल्याउँदैन र पावरमा जाँदैन, तबसम्म बहुमतको सरकार बन्दैन। कानून संसोधन पनि हुँदैन।’

स्वास्थ्यमन्त्री हुँदा २०७२ भदौ ७ र ८ को घटना सम्बोधनको लागि आफू सरकारमा गएको उनले जिकिर गरेका छन्।

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update