Hamro Patra

दार्चुला, असोज ३१

दार्चुलामा अरिंगालले चिल्दा बालकको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका ६ ग्वानिमा अरिंगालले चिल्दा बालकको मृत्यु भएको हो। आमासँगै मेला गएका स्थानीय ६ वर्षीय प्रशान्तसिंह धामीलाई अरिंगालले चिल्दा मृत्यु भएको प्रहरिले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आइतबार दिउँसोतिर आमासँगै खर फागला गएका प्रशान्तलाई घर फर्कने बेला अरिंगालले चिलेका थिए।

अरिंगालले चिलेपछि उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको भए पनि उपचारको क्रममै रातिको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update