भोलि सार्वजनिक बिदा
टीकापुर, असोज ३१
सरकारले आइतबार निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा नेपाल राज्यभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरू विदेशस्थित कूटनीतिक नियोगहरूमा मंगलबार बिदा दिने निणर्य भएको जानकारी दिएको छ ।
भोलि नेपालको राष्ट्रिय झन्डा झुकाउने पनि निणर्य भएको गृहको विज्ञप्तिमा उल्लेख गरिएको छ । १०३ वर्षीय जोशी आइतबार बिहान उपचारको क्रममा किस्ट अस्पतालमा निधन भएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९ १७:१०
प्रतिक्रिया दिनुहोस्



