टीकापुर, कात्तिक ३
टीकापुर उद्योग वाणिज्य संघले बैंक तथा वित्तिय संस्थाहरुले बढाएको चर्को ब्याजदरका विरुद्ध आज र्याली प्रदर्शन गरेको छ ।
संघको कार्यालयबाट सुरु भएको र्याली बजार परिक्रमा पश्चात खड्ग चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै संघका पूर्वअध्यक्ष परशुमराम चपाँईले चर्को ब्याजका कारण ब्यापारी व्यवशायीहरु विस्थापित हुने अवस्था सिर्जना भएको बताए ।
उनले अफ्ठ्यारो अवस्थामा निजी क्षेत्रलाई सघाउनुको साटो उल्टै ब्याजदर बढाएर संकटमा पार्न खोजेको बताए । उनले चर्को ब्याजदर फिर्ता लिन आग्रह गरेका छन ।
संघका कार्यवाहक अध्यक्ष सन्तोष खड्काको अध्यक्षमा भएको कोण सभामा ब्यापारी व्यवशायीहरुको सहभागीता रहेको थियो ।
संघले आजै चर्को ब्याजदर फिर्ताको माग गर्दै इलाका प्रशासन कार्यालय टीकापुरलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा ब्याजदर फिर्ता नलिए चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी दिईएको छ ।





