Hamro Patra
जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ

टीकापुर, कात्तिक ४
टीकापुर नगरपालिका–८ बनगाउँस्थित जितु कटेजमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका–८ बटनपुरमा ३९ वर्षीय महेन्द्र साउँद लगायत रहेका छन । प्रहरीले उनीहरुलाई गएराति पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २९ हजार ४ सय रुपैयाँ र २ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update