हात्तीको आक्रमणबाट एकको मृत्यु
टीकापुर, कार्तिक ५
जंगली हात्तीको आक्रमणमा परी बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ७ का एकजनाको मृत्यु भएको छ ।
जंगली हात्तीको आक्रमणबाट ४८ वर्र्षीय सोलिराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।
विहान मर्निङ-वाकको लागि पूर्वपश्चिम राजमार्ग अन्तर्गतको रम्भापुर क्षेत्र नजिक थारुलाई हात्तीले आक्रमण गरेको थियो । सो क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्र हो ।
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९ १२:१०
प्रतिक्रिया दिनुहोस्





