Hamro Patra
देउवासहित गठबन्धनका नेता धनगढी आउँदै

टीकापुर, कार्तिक ५

आइतवार सत्ता गठबन्धन दलका शीर्ष नेताहरु धनगढी आउने भएका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शीर्ष नेताहरु आउन लागेका हुन् ।

सत्ता गठबन्धन दलद्धारा आयोजना हुन लागेको प्रादेशिक चुनावी सभालाई सम्बोधन गर्न उनीहरु धनगढी आउन लागेका हुन् ।

धनगढीमा आयोजना हुने सभामा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु आउन लागेको काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update