करेन्ट लागेर मृत्यु
धनगढी, कात्तिक ८
कैलालीमा घरको कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सोमबार बेलुका लक्ष्मी पूजाका लागि कोठा बत्ती बाल्ने क्रममा गौरीगंगा नगरपालिका वडा नम्बर ५ को अण्डैया शिविर बस्ने ४० वर्षीय गणेश सिजाली मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँया हातमा करेन्ट लागेर गम्भीर भएका मगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९ १३:१०
प्रतिक्रिया दिनुहोस्




