Hamro Patra
आगलागीबाट १५ लाख बढीको क्षति

टीकापुर, कार्तिक ११

कैलालीको टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १० का मिनबहादुर थापाको घरमा बुधवार राति आगलागी भएको छ ।

दीपावलीको समयमा थापाको घरमा आगलागी भएको हो । इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार आगलागीबाट कोठाको सबै सामान जलेर नष्ट भएको छ ।

माथिल्लो तलाको कोठामा रहेका दुई प्लंग, दुई दराज, दुई ल्यापटप लगायत कागजात, खाद्यान्न, सुनको गरगहना, नगदसहित १५ लाख बढीको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

दीपावलीको समयमा जलाइएको बत्तीबाट आगलागी भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । कोठामा लागेको आगो स्थानीय र नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update