लागुऔषधसहित तीन जना पक्राउ
टीकापुर, कार्तिक १३
कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका वडा नम्बर ६ महाकाली स्कुल अगाडीबाट तीन जनालाई पक्राउ गरेको हो ।
सुपप्र०१००१ज१२८२ नम्बरको जीपमा सवार चालक बैतडीको पाटन नगरपालिका वडा नम्बर-६ बस्ने २७ वर्षीय गजेन्द्र चन्द, सोही ठाउँका ३३ वर्षीय रमेशसिंह भण्डारी र ४० वर्षीय प्रकाश भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।
उनीहरुको साथबाट ५४.७ ग्राम खैरोहेरोइन फेला पारी पक्राउ गरिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९ ११:१०
प्रतिक्रिया दिनुहोस्




