Hamro Patra
२३ ग्राम खैरो हिरोइनसहित चौधरी पक्राउ

टीकापुर, कार्तिक १४

कैलालीको टीकापुरबाट प्रहरीले २३ ग्राम खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरले टीकापुर नगरपालिका वडा नं. १ का २५ वर्षीय सुरज चौधरीलाई २३ ग्राम खैरो हिरोइनसहित आज पक्राउ गरेको हो ।

भारतीय सीमानाकाबाट साइकलमा ल्याइरहेको आलुको बोराभित्र चौधरीले लुकाई छिपाई २३ ग्राम ४१० मिलिग्राम लागुऔषध खैरो हिराइन ल्याइरहेका बेला प्रहरीले खक्रौला चेकपोष्टमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चौधरीले आलुको बोराभित्र दुई दाना आलु काटेर लुकाई छिपाई ल्याई रहेका थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update