Hamro Patra
धनगढी उपमहानगरले चलायो डोजर

टीकापुर, कार्तिक १६

धनगढीको मुख्य सडक छेउका संरचना हटाउन उपमहानगरपालिकाले डोजर चलाएको छ।सरकारी संरचनामाथि डोजर चलाउन सुरु गरेको छ ।

कैलाली पुलदेखि क्याम्पसचोकसम्मको मेनरोडको बीच भागबाट दायाँबायाँ १५-१५ मिटर सडक विस्तार सुरु गर्ने क्रममा सरकारी संरचनामाथि डोजर चलाएको उपमहानगरपालिकाले जनाएको छ ।

सडक विस्तार गर्न उपमहानगरका मेयर गोपाल हमाल आफैं फिल्डमा खटिएका छन् । अहिले सडक विस्तारको क्रममा १५ मिटर भित्र पर्ने सेती प्रादेशिक अस्पतालको संरचनामा उपमहानगरले डोजर चलाएको छ । कैलाली पुलदेखि क्याम्पसचोकसम्मको दुरी करिब २ किलोमिटर रहेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update