लागुऔषधसहित एक युवक पक्राउ
टीकापुुर, कार्तिक १७
कैलालीको टीकापुरबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार नगरपालिका-८ चौगुर्दीबाट बस्ने २० वर्षीय सञ्जय लुहार पक्राउ परेका हुन् ।
उनलाई १ शय ४४ ट्याबलेट नाइट्रोभेटसहित बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले मोहना नदी तरी भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९ १७:११
प्रतिक्रिया दिनुहोस्




