टीकापुर अस्पताल परिसरमा पुरुष मृत अवस्थामा फेला
टीकापुर, कार्तिक १७
टीकापुर अस्पताल परिसरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
आज दिउँसो १२ बजेको समयमा अस्पतालको कम्पाउण्डभित्र रहेको कुसुमको रुखमा नामथर वतन खुल्न नसकेका पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी हेमबहादुर शाहीले हाम्रोपत्रलाई दिएको जानकारी अनुसार अन्दाजी ४०/४५ वर्ष उमेर रहेको भारतीय नागरिक जस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेको बताए ।
मृतक पुरुषको पहिचान खुल्न नसकेको डिएसपी शाहीले बताए । शाहीका अनुसार उक्त शव टीकापुर अस्पतालको शवगृहमा राखिएको छ । घटना अनुसन्धान भइरहेको शाहीले बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९ १७:११
प्रतिक्रिया दिनुहोस्




