टीकापुर, कार्तिक १९
कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ सत्तीस्थित कणर्ाली नदीमा नेपाल सान्सी एडभेञ्चर प्रा.लि.ले जेट स्की सञ्चालनमा ल्याएको छ ।
सत्तीस्थित कणर्ाली नदीको पुलमुनि प्रा.लि.ले जेट स्की, डुनोट राइड, बनाना राइड र र्याफ्टिङ्ग सञ्चालनमा ल्याएको हो । प्रा.लि.का सञ्चालक दामोदर केसीले पानीमा हुने साहसिक पर्यटन प्रबद्र्धन गर्नका लागि जेट स्की सञ्चालनमा ल्याएको बताए ।
‘कणर्ाली नदीमा रहेको सम्भावनालाई साहसिक जल पर्यटनका रुपमा विकास गर्नका लागि जेट स्की शुरु गरेका छौं’ केसीले भने ‘यो क्षेत्रको पर्यटनमा नयाँ आयाम थपिएको छ ।’
केसीले जल पर्यटनमा रमाउन चाहनेहरुका लागि अवसर रहेको बताए । उनले सत्तीपुलदेखि १ किलोमिटर तल र माथिसम्म स्की जेट, डुनोट, बनाना राइड गर्न सकिने बताए ।
सत्ती पुललाई पर्यटकीय रुपमा विकास गर्न समेत जेट स्कीले मद्दत पुग्ने टीकापुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए । उनले भने ‘त्यसैपनि यो पुलमा पर्यटकहरु आउने गरेका छन्, स्कीको माध्यमबाट थप सहयोग पुग्नेछ ।’





