बसले च्यापेर मृत्यु
टीकापुर, कात्तिक २१
टीकापुरको खड्ग चोक नजिकै आज बिहान साढे आठ बजेतिर बसले च्यापिएर एकजनाको ज्यान गएको छ । प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका वडा नं. १ का ४० वर्षका विष्णु देवकोटाको ज्यान गएको हो ।
उनी ना ५ ख ५८७२ नम्बरको बसको ढोकाबाट खसेर च्यापिएको प्रहरीले जानकारी दिएको छ । उनी सो बसका मालिक हुन ।
टीकापुरबाट धनगढी जान लागेको बसमा यात्रु चढाउने क्रममा मृतक देवकोटा ढोकाबाट झर्ने क्रममा अल्झिएर खसेको प्रत्यक्षदर्शीले बताएका छन । उनी ढोकाबाट खसेपछि बसको पछाडीको चक्कामा च्यापिएका थिए ।
मृतक देवकोटाको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९ १०:११
प्रतिक्रिया दिनुहोस्




