Hamro Patra
एसपीएका विधार्थीले स्थापना गरे लाइब्रेरी

धनगढी, कात्तिक २१
अभिभावक विहिन विद्यार्थीहरुलाई आश्रय दिदैँ आएको धनगढी उपमहानगरपाकिला तारानगरस्थित आमाको मायाँ छात्रवासमा सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) का विधार्थीहरुले पुस्तकालय (लाइब्रेरी) स्थापना गरेका छन् ।

एसपीएको स्नातक तहमा अध्ययनरत् विद्यार्थीहरु रोशन खत्री, कञ्चन सावँदलगायतको टोलीले उक्त लाइब्रेरी स्थापना गरेको हो । एसपीए कलेजका प्रबध निर्देशक सुवाश शाहीले एक कार्यक्रमबीच लाइब्रेरीको उद्घाटन गरेका छन ।

लाइब्रेरीको उद्घाटन गर्दै शाहीले कलेज उमेरदेखि विधार्थीहरुले लाइब्रेरी स्थापनाजस्तो सामाजिक कार्यमा लाग्नुलाई सह्रानीय काम भन्दै प्रेरणादायी काम भएको बताए ।

‘कलेज पढ्दादेखि नै समाजमा प्रभाव पार्ने लाइब्रेरी स्थापनाको सोच आउनु सह्रानीय छ र यो प्रेरणादायी काम भएको छ,’ उनले भने–‘सबै कलेज, स्कुलका विधार्थीहरुले यस्तै श्रृजनात्मक काम गर्ने हो भने समाज विकास हुन धेरै समय लाग्दैन ।’

‘समाजबाट लिने प्रतिस्पर्धा बढी भएका बेलामा देशलाई के दिनसकिन्छ भन्ने सोच्ने भावना मनबाट आउने हो भने देश परिवर्तन हुन समय लाग्दैन,’ उनले भने, ‘लाइब्रेरी स्थापनामा हाम्रा विधार्थीले अग्रसरता देखाउँनु हाम्रा लागि गर्वको कुरा हो । यसमा हामीले पनि सहयोग गर्न पाएकोमा खुशी छौं ।’

लाइब्रेरी निर्माणमा एसपीए कलेजसँगै धनगढी उपमहानगरपालिका, चौधरी बुक डिपो, इमेज बुक्स एण्ड स्टेशनरी तथा अपी इन्टरटेनमेन्ट लगायत संस्थाको समेत सहयोग रहेको निर्माणकर्ता रोशन खत्रीले बताए ।

उनले लाइब्रेरी निर्माणका क्रममा सहयोग गर्ने कञ्चन सावँद, सिखा श्रेष्ठ, विवेक जोशी, सारा थापा र सुशील चन्दलाई धन्यवाद दिदैँ आगामी दिनमा लाइब्रेरीलाई थप विकास गर्दै जाने बताए ।

छात्रवास प्रमुख सुवास तामाङले छात्रवासमा रहेका विधार्थीहरुको अध्यापन अध्ययनमा सहयोग पुर्याउने हेतुले लाइब्रेरी स्थापना भएकोमा खुशी व्यक्त गरे । भोलि तीनै किताब पढेर विधार्थीहरुले उज्ज्वल भविष्य निर्माण हुने आशा उनले व्यक्त गरेका छन ।

सोही कार्यक्रममा धनगढीको छठ पुजा व्यवस्थापन समितिका अध्यक्ष सन्तोष मण्डलले छात्रवासमा रहेका विधार्थीहरुको भविष्य उज्वल सबैको दायित्व भएकाले पुस्तकालय निर्माण टोलीलाई धन्यवाद दिए । उनले आफ्नो तर्फबाट मासिक सय केजी चामल छात्रवासलाई उपलब्ध गराउँने प्रतिबद्धता समेत जनाए ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update