काकीको घरमा एक पुरुष मृत फेला
टीकापुर, कार्तिक २१
कैलालीमा एक पुरुष मृत फेला परेका छन् । आइतबार जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ४ खुर्खुरेया सुपारी आम बस्ने ४१ वर्षीय हर्क साउँद मृत फेला परेका हुन् ।
उनी आफ्नै काकीको घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९ १६:११
प्रतिक्रिया दिनुहोस्




