टीकापुर, कार्तिक २२
कैलाली उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ। नेपालमा बैङ्क तथा बित्तियसंस्थाबाट निरन्तर बढिरहेको उच्च ब्याजदर, ताकेता र मानमर्दनले निजी क्षेत्र पीडित बनेको भन्दै मङ्गलवार धनगढीमा उक्त ज्ञापन पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाइएको हो ।
सो समस्याका बारेमा जानकारी गराउँदै समस्या समाधान गरी दिनका लागी कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्प राज कुँवरको नेतृत्वमा धनगढी स्थित देउवा निवासमै प्रधानमन्त्रीलाई उक्त ज्ञापन पत्र बुझाइएको छ। ब्याजदर र निक्षेप ब्याजदर बढाएर निक्षेप नबढेको र व्यापारमा एक दुई प्रतिशत मात्र थप गरि लगानी योग्य पुँजीको शीघ्र व्यवस्थापनको माग गरिएको छ।
बैङ्कहरूले सेवा शुल्क कर्जा स्वीकृत शुल्क, एल सी नेगोसिएसन शुल्कमा दोब्बर वृद्धिलाई अन्त गरि गत वर्ष भन्दा बढी लिन नपाइने माग रहेको छ । हाल भएका कर्जाहरूलाई यस आर्थिक वर्षसम्म पुनः तालिकीकरण गरि, ब्याज बुझाउने म्याद ३५ दिनसम्मलाई मान्ने र लिलाम गर्ने प्रक्रियालाई हाल स्थगित गर्न ज्ञापन पत्रमा भनिएको छ।
चालुपुँजी कर्जा निर्देशिका स्थगितको माग गरिएको छ । कर्जाको ब्याजदर घटाई ब्यवसायीहरुलाई मानसिक तनाव दिने प्रवृत्ति अन्त्य गर्न र किस्ता र ब्याज तिर्ने समायावधी बढाउन लगायतका माग गरिएका छन् ।




