Hamro Patra
कालिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

टीकापुर, कार्तिक २२

मुगुबाट सुर्खेतका लागि छुटेको भे १ छ ४४१२ नम्बरको जीप दुर्घटना हुँदा तीन जनको मृत्यु भएको छ। कालिकोटको तिलागुफा नगरपालिका-५ खल्लागाडमा जीप दुर्घटनाहुँदा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कालिकोटले घटनास्थलमै एकजना र थप दुईजनाको उपचारका क्रममा कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जनाएको छ।

मृत्यु हुनेहरुको ठेगाना नखुलेका २१ वर्षीय अकल विक, २५ वर्षीय सुदर्शन सेजुवाल र २१ वर्षीय रमेश बुढा रहेका जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक डीएसपी जयश्वर रिमालले जानकारी दिए।

दुर्घटनामा सातजना घाइते भएका छन्। उनीहरुको कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ।

घाइते हुनेमा हुम्लाका २२ वर्षीय केशरी शाही, २४ वर्षीय उज्जवल सिंह, मुगुका १७ वर्षीय धीरज बुढा, १६ वर्षीय गोपीचन्द्र बुढा, ३१ वर्षीय सन्तोष शाही र मुगु घर भएका गाडी चालक ३५ वर्षीय प्रेमसिंह बडुवाल छन् भने अन्य एक जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न सकेको छैन। जीप सडकबाट ५० मिटर तल खसेको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update