Hamro Patra
नेपाल वेस्टर्न एकेडेमीका विद्यार्थीहरु पेड इन्टर्नसिपका लागी विदेश जाने

धनगढी, कात्तिक २३
धनगढीमा होटल म्यानेजमेन्ट विषयको पढाइ सञ्चालन गरिरहेको नेपाल वेस्टर्न एकेडेमी (एनडब्लुए) ले छोटो समयमा नै उत्कृष्ठ नतिजा सहित फड्को मारिरहेको छ ।

यसैक्रममा एकेडेमीमा अध्ययनरत छैँटौ सेमिस्टारका विद्यार्थीहरु पेड इन्टर्नसिपका लागी दुबइका होटलहरुमा जाने भएका छन् । दुबइका विभिन्न पाँच तारे होटलहरुमा काम गर्न उनीहरुलाई पठाउन लागिएको एकेडेमीले जनाएको छ ।

पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त सुदुरपश्चिमकै पहिलो कलेज एनडब्लुएले आफ्नो १३ औ ब्याचमा अध्यनरत अधिकांस सबै विद्यार्थीहरुलाई दुबइ तथा यूएइका पाँच तारे होटेलहरुमा इन्टर्नसिपका साथसाथै रोजगारीको समेत सुनौलो अवसर प्रदान गरेको जनाएको छ ।
कलेजले पनि बिगत देखिनै दुबई, मलेसिया, चिन, थाइल्याण्ड, बहराइन आदी देशहरुमा इन्टर्नसिप कार्यक्रममा निरन्तर विद्यार्थीहरु पठाउदै आइरहेकोमा बिगत केही बर्ष यता पेड इन्टर्नसिपको समेत ब्यवस्था मिलाइरहेको छ ।

यसले गर्दा अभिभावक र विद्यार्थी समेत हर्षित हुदै आएको कलेजका संचालक शैलेश कुमार सिंहले बताए । विद्यार्थीको संख्यात्मक विकास मात्र नभई गुणात्मक विकासका लागी यस प्रकारका कार्यक्रमहरु निरन्तर सञ्चालनमा ल्याइरहने सिंहको भनाई छ ।

यस बर्ष पाँच तारे होटेलहरुमा पेड इन्टर्नसिपका लागि गएका कोसराज जोशी, अभिषेक कार्की, प्रदिप चौधरी, अनिल ओझा, शैलेन्द्र सिंह र रुपा चौधरी रहेकी छन् । होटल म्यानेजमेन्टको पढाई संगै हाल आएर अन्तराष्ट्रीय स्तरका पाँच तारे होटेलमा पेड इन्टर्नसिपको अवसर पाएकोमा सिङ्गो परिवारनै हर्षित भएको उनीहरुको भनाई छ ।

यसैगरी सुदूरपश्चिमको दुर्गम पहाडी भेगबाट पल्स टु उत्तीर्ण गरि यसै कलेजमा अध्ययन गरि पेड इन्टर्नसिपका लागि दुबई गइरहेका कोसराज जोशीका अनुसार बिगतमा भन्दा कजेजले हाल सजिलै समयमै इन्टर्नसिपको व्यवस्था मिलाउदै आइरहेकोमा खुशी व्यक्त गरेका छन् ।

कलेजले विएचएमका साथै पछिल्लो समयमा विध्यार्थीको आकर्षण तथा रोजाईमा रहेको विविए–विआई विषयको अध्ययन गराइरहेको छ । प्राविधिक तथा सिपमुलक शिक्षा आजको युगको अनिवार्य आवश्यकता भएको हुदाँ यस्ता विषयहरुमा कलेज ब्यवस्थापन उत्कृष्ट नतिजा दिन तयार रहेको कलेजका एकेडेमीका डाइरेक्टर भिम चौधरीले बताए ।

उनले यस बर्षका लागी पनि दुबै विषय विएचएम र विविए–विआइ का लागी नयाँ भर्ना खुलेको समेत जानकारी दिएका छन ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update