Hamro Patra
भूकम्पका घाइतेलाई हेलिकोप्टरबाट धनगढी ल्याइयो

टीकापुर, कार्तिक २३

डोटीमा भूकम्पमा परि घाईते भएका दुई जनालाई त्यहाँको जिल्ला अस्पतालले धनगढी रेफर गरेको छ। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याइएको हो।

पूर्वीचौकी गाउँपालिका-३ की ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई रेफर गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा निराजन श्रेष्ठले जानकारी दिए।

डा श्रेष्ठका अनुसार चनाको छातीमा हावा जमेको, चारवटा करङ्ग भाँचिएको र घाँटीको हड्डी भाँचिएको छ। उनको छातीबाट हावा निकाली थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो। घाँटीका हड्डी भाँचिएकोले उनको सिटी स्क्यान गर्नुपर्ने अवस्था रहेको डा‍ श्रेष्ठ बताउँछन् ।

यस्तै बिष्नाको हात भाँचिएको छ। अन्य घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको डोटी अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update