टीकापुर, कात्तिक २६
टीकापुर बचत तथा ऋण सहकारी संस्थाले आव २०७८/०७९ मा ९ लाख २५ हजार २९२ खुदनाफा गरेको छ । संस्थाको आज सम्पन्न १४ औं वार्षिक साधारण सभामा प्रस्तुत प्रगति प्रतिवेदनमा ५० लाख ९ हजार ३ रुपैयाँ मुनाफा हुनुका साथै ४१ लाख ६३ हजार ८९५ रुपैयाँ खर्च भएको उल्लेख छ ।
संस्थाले ४ करोड ४४ लाख १० हजार ६०२ रुपैयाँ कारोबार गरेको जनाएको छ । संस्थाले अघिल्लो आव भन्दा गत आवमा निक्षेप संकलन वृद्धि गरेको छ । उसले गत आवमा १ करोड ७३ लाख ६१ हजार ६३ रुपैयाँ निक्षेप संकलन गरेको छ भने अघिल्लो आवमा १ करोड ५९ लाख १७ हजार ५९७ रुपैयाँ गरेको थियो ।
संस्थाले यस आवमा २ करोड ५२ लाख २० हजार १७२ रुपैयाँ कर्जा लगानी गरेको छ । यो रकम ब्यापार, कृर्षि, घरायसी, युवा स्वरोजगार र उपभोक्ता कर्जामा लगानी गरेको प्रबन्धक दीपक थापाले जानकारी दिए ।
७१ लाख ९३ हजार शेयर पूँजी रहेकोमा संस्थाले आव २०७९/०८० मा शेयर पूँजी रकम ९० लाख पुर्याउने लक्ष्य राखेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थामा ४ सय ८१ जना शेयर सदस्य रहेका छन ।
यो संस्था २५ जना युवाहरुले २०६५ सालमा स्थापना गरेका हुन । अहिले संस्थाको आफ्नै भवन छ । संस्थाले हरेक वर्ष शेयर सदस्यहरुलाई बोनस प्रदान गर्दै आएको छ ।




