Hamro Patra

टीकापुर, कार्तिक २७

बैतडीमा भूकम्प आएको बेला घर बाहिर भाग्ने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ। शनिबार जिल्लाको डिलाशैनी गाउँपालिका १ सेल्तडाका ६६ वर्षीय हरि लुहारको मृत्यु भएको हो ।

उनी हिजो राति भूकम्पको धक्का महसुस भएका बेला भाग्ने क्रममा घरको सिँढीबाट लडेर घाइते भएका थिए। घाइते लुहारको राति ११ बजे मृत्यु भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

यस्तै बैतडीका विभिन्न स्थानहरुमा भूकम्पका कारण घर तथा संरचनाहरु पनि चर्किएका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update