Hamro Patra
सत्तारूढ गठबन्धनका उम्दमेवारको गाडीमा तोडफोड

टीकापुर, कार्तिक २८

कैलालीमा सत्तारूढ गठबन्धनका उमेदवारको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा तोडफोड भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर-३ प्रदेशसभा क्षेत्र ‘ख’ सत्तारुढ-गठबन्धनका उमेदवार अमर बहादुर साउँदको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको हो ।

आइतबार घरदैलोका क्रममा वडा नम्बर ५ को भगड्डीम गाउँमा रोकी राखेको गाडीमाथि तोडफोड भएको हो । तोडफोडबाट से १ च १५९० नम्बरको गाडीको पछाडिको भागको सिसा फुटेको छ ।

आइतबार राति ८ बजे चुनावी प्रचारमा गाउँमा गएका बेला रोकी राखेको गाडीमा कसले तोडफोड गरेको हो भन्ने पहिचान हुन सकेको छैन । गाडी तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update