टीकापुर नगरपालिका ५ गतेसम्म बन्द हुने
टीकापुर, कार्तिक ३०
कैलालीको टीकापुर नगरपालिका मंसिर १ गतेदेखि ५ गतेसम्मका लागि बन्द हुने भएको छ । नगरपालिकाका कर्मचारीहरु मंसिर ४ गते हुने निर्वाचनमा खटिएका कारण कार्यालय बन्द हुने भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाहीद्धारा जारी सूचनामा नगरपालिकाका कर्मचारीहरु मंसिर ४ गते हुने निर्वाचनमा खटिने भएकाले नगरपालिका बन्द हुने उल्लेख छ ।
सूचनामा ‘नगरपालिका कार्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रहरुबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका अन्य सेवाहरु मंसिर १ र २ गते सञ्चालन गर्न नसकिने व्यहोरा जानकारी गराइन्छ’ भनिएको छ ।
सरकारले विद्यालयलाई मंसिर २ गतेदेखि, ३ गते शनिवार तथा ४ र ५ गते निर्वाचनका लागि विदा दिने निणर्य गरेको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९ १७:११
प्रतिक्रिया दिनुहोस्




