Hamro Patra
गठबन्धन १५ वर्षसम्म टिक्छः देउवा

अछाम, मंसिर १

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्तारुढ गठबन्धन अझै १५ वर्षभन्दा बढी टिक्ने बताएका छन् ।

अछामको सदरमुकाम मंगलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान रक्षाका लागि पटकपटक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्झाउँदा पनि नमानेको बताए।

‘संविधानको रक्षाका लागि हामीले पटक-पटक ओलीजीलाई सम्झायौं। उहाँले मान्नु भएन। संसद् विघटन गर्नुभयो। ओलीजीले आलोचना पनि सहन सक्नु भएन,’ प्रधानमन्त्री देउवाले भने, ‘बाध्य भएपछि बहुमत पुग्ने गरी अदालत गयौं। अदालतले ओलीजीलाई हटायो। अन्तमा मेरो नेतृत्वमा सबैको सहकार्यमा सरकार निर्माण भयो। अब संविधान रक्षा र र स्थायित्वका लागि यो गठबन्धन १०/१५ वर्ष बढी टिक्छ । कम्तीमा ३/४ चुनावहरूमा यो गठबन्धन सहकार्य गर्छ। त्यसका लागि हाम्रा साझा उम्मेदवारले जित्न आवश्यक छ।’

संविधानले महिलालाई ३३ प्रतिशत आरक्षण, दलित, जनजातिका अधिकार समेटेकाले यसको रक्षाका लागि नेपाली कांग्रेस अडिग रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update