सीमानाका तीन दिनका लागि बन्द
टीकापुर, मंसिर २
मंसिर ४ गते हुने निर्वाचनका लागि भारतीय सीमा क्षेत्रसँग जोडिएका सीमानाका तीन दिनका लागि बन्द गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द गरिएका छन् । बिहीबार राति १२ बजेबाट भारतसँग जोडिएका सुदूरपश्चिमका सम्पूणर् सीमानाका बन्द गरिएका हुन् ।
मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्मका लागि नाकाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमानाका बन्द गरिएका बताइएको छ ।
कैलालीसहित कञ्चनपुर, बैतडी, दार्चुलाका सीमानाका बन्द गरिएका हुन ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९ १२:११
प्रतिक्रिया दिनुहोस्




