डोटीमा एक पुरूष मृत फेला
टीकापुर, मंसीर ३
डोटीमा एक पुरूष मृत अवस्थामा फेला परेका छन् । जोरायल गाउँपालिका वडा नं. ३ तोडेगडाका अन्दाजी ६० वर्षीय हिरालाल ओली शनिबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ।
उनी जोरायल गाउँपालिका-३ चन्कट्टे नजिकैको बाटोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भोला भट्टले जानकारी दिए। प्रहरीका अनुसार उनी भारतको सिमलामा काम गर्दै आएका थिए। भोली हुने निर्वाचनमा मतदान गर्न उनी घर फर्किएका थिए।
अत्यधीक मदिरा सेवनका कारण राति नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। उनको साथमा झोला, प्लास्टिकको बोरा र नजिकै मदिराको बोतल पनि भेटिएको छ।
प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९ १४:११
प्रतिक्रिया दिनुहोस्




