Hamro Patra
मतदान शान्तिपूर्ण

टीकापुर, मंसिर ४
कैलालीको क्षेत्र नं. १ मा मतदान शान्तिपूर्ण रुपमा भैरहेको छ । मतदाताहरुमा उत्साह देखिएको छ । मतदाताहरु मतदानस्थल तर्फ गैरहेका छन । मतदानस्थलको माहौल शान्तिपूर्ण नै रहेको निर्वाचन अधिकृत राजेन्द्र सिँह भण्डारीले जानकारी दिए ।

‘सबै ठाउँमा मतदान भैरहेको छ’ उनले भने–‘केही सामान्य समस्या देखिएका छन । तिनको समाधान गर्दै मतदान भैरहेको छ ।’
क्षेत्र नं. १ का ४५ मतदानस्थलमा १२६ मतदान केन्द्र छन । जहाँ १ लाख ७ हजार ६७२ मतदाताले मतदान गर्ने छन ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update