धनगढीको मतदान केन्द्र नजिकै विस्फोट
टीकापुर, मंसिर ४
धनगढीको एक मतदान केन्द्र नजिक विस्फोट भएको छ। उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए।
उनले आज बिहान केही विस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति भने नभएको बताए। केहीबेर तनावको अवस्था सिर्जना भएपनि घटनालगत्तै नेपाली सेनाको टोली पनि पुगिसकेकाले अहिले स्थिति सामान्य रहेको प्रवक्ता जोशीले बताए।
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९ १०:११
प्रतिक्रिया दिनुहोस्




