Hamro Patra
कैलालीका दुई क्षेत्रमा नागरिकको सुरुवाती अग्रता

टीकापुर, मंसिर ५

कैलालीका दुई निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता हासिल गरेको छ । सो पार्टीले क्षेत्र नं. १ र ३ मा सुरुवाती अग्रता लिएको छ ।

कैलाली क्षेत्र नं. १ मा १ हजार ५०७ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले ६९१ प्राप्त गरेकी छन भने गठबन्धनका तर्फबाट काँग्रेसका केन्द्रिय सदस्य रहेका रामजनम चौधरीले ४०१ मत पाएका छन । त्यस्तै नेकपा एमालेका तपेन्द्रबहादुर रावलले १८३ मत पाएका छन ।

कुल १ लाख ७ हजार ६७२ मतदाता रहेकोमा हिजो भएको निर्वाचनमा ६४ हजार ९९९ मत खसेको थियो ।

क्षेत्र नं. ३ मा १ हजार ८१० मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले ६०० मत प्राप्त गरेको छ । त्यस्तै गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा माओवादीका नेता कृष्णकुमार चौधरीले ४५०, राप्रपाका बिरेन्द्र बहादुर बमले ४०० र नेकपा एमालेका गौरीशंकर चौधरीले २५० मत प्राप्त गरेका छन । 

क्षेत्र नं. ३ मा कुल १ लाख ७ हजार ६५९ मतदाता रहेकोमा ६१ हजार ६६८ मत खसेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update