कैलाली क्षेत्र नं. ३ मा नागरिकको अग्रता कायमै
टीकापुर, मंसिर ५
क्षेत्र नं. ३ मा ३ हजार २९५ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले १ हजार १ शय मत प्राप्त गरेको छ । त्यस्तै गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा माओवादीका नेता कृष्णकुमार चौधरीले ८५०, राप्रपाका बिरेन्द्र बहादुर बमले ६५० र नेकपा एमालेका गौरीशंकर चौधरीले ५५० मत प्राप्त गरेका छन ।
क्षेत्र नं. ३ मा कुल १ लाख ७ हजार ६५९ मतदाता रहेकोमा ६१ हजार ६६८ मत खसेको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ १६:११
प्रतिक्रिया दिनुहोस्




