कैलाली क्षेत्र नं. ३ मा उन्मुक्तिको २ हजार मत
टीकापुर, मंसिर ५
क्षेत्र नं. ३ मा ६ हजार ३९२ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले २ हजार १५० मत प्राप्त गरेको छ ।
त्यस्तै गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा माओवादीका नेता कृष्णकुमार चौधरीले १ हजार ५४८, राप्रपाका बिरेन्द्र बहादुर बमले १ हजार २६७ र नेकपा एमालेका गौरीशंकर चौधरीले १०३० मत प्राप्त गरेका छन ।
क्षेत्र नं. ३ मा कुल १ लाख ७ हजार ६५९ मतदाता रहेकोमा ६१ हजार ६६८ मत खसेको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ १८:११
प्रतिक्रिया दिनुहोस्




