Hamro Patra
कैलाली ३ बाट नागरिकको विजयी सुरुवात

टीकापुर, मंसिर ६
प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीले जितको खाता खोलेको छ । कैलाली क्षेत्र नं. ३ बाट सो पार्टीका गंगाराम चौधरी विजयी भएका छन ।

उनले हेभिवेट उम्मेदवार गठबन्धनका तर्फबाट संविधान सभा सदस्य कृष्णकुमार चौधरी र नेकपा एमालेका तर्फबाट पूर्वमन्त्री गौरीशंकर थारुलाई पराजित गरेका छन ।

उनी निकटतम प्रतिद्वन्दी भन्दा ५ हजार ३७१ मतान्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उनले २३ हजार १२० मत पाएका छन भने निकटतम प्रतिद्वन्दी गठबन्धनका चौधरीले १७ हजार ७४९ मत पाएका छन । त्यस्तै एमाले उम्मेदवार थारुले ९ हजार ८७४ मत र राप्रपाका बिरेन्द्रबहादुर बमले ७ हजार ४७ मत पाएका छन ।

१ लाख ७ हजार ६५९ मतदाता रहेको यस क्षेत्रमा ६३ हजार ४४० मत खसेको थियो । जसमध्ये ४ हजार २१ मत बदर भएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update