Hamro Patra
कैलाली–१ का दुवै प्रदेशमा नागरिकको अग्रता

टीकापुर, मंसिर ६
कैलाली क्षेत्र नं. १ को दुईवटै प्रदेश निर्वाचन क्षेत्रमा समेत नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । अहिलेसम्म प्रदेश निर्वाचन क्षेत्र १ मा ५ हजार ९०९ र क्षेत्र २ मा ४ हजार २५० मत गणना भएको निर्वाचन अधिृकतको कार्यालयले जानकारी दिएको छ ।

प्रदेश निर्वाचन क्षेत्र १ मा नागरिक उन्मुक्तिका कैलाश चौधरीको २ हजार १९९, गठबन्धनका तर्फबाट माओवादीका दीर्घ बिनाडीको १ हजार ६२८ मत रहेको छ । त्यस्तै राप्रपाका भीमबहादुर बमको ९७२ र नेकपा एमालेसँग गठबन्धन गरेको जसपाका भगत चौधरीको ५७२ मत रहेको छ ।

प्रदेश निर्वाचन क्षेत्र २ मा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले १ हजार ८९३ मत पाएका छन । उनलाई गठबन्धनका तर्फबाट काँग्रेसका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रणबहादुर रावलले १ हजार ४ मत सहित पछ्याईरहेका छन ।

यहाँ नेकपा एमालेका द्वारिका न्यौपानेको ७४० र राप्रपाका डम्बर थापाको २२३ मत रहेको छ ।

प्रदेश निर्वाचन क्षेत्र १ को कुल ५२ हजार ५८१ मध्ये २५ हजार १६२ र क्षेत्र २ को कुल ५४ हजार १२२ मध्ये २९ हजार ८३७ मत खसेको छ । बदर मतको संख्या पनि धैरै रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update