कैलाली– १ मा रञ्जिताले बढाईन मतान्तर
टीकापुर, मंसिर ६
प्रतिनिधि सभातर्फ कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले मतान्तर बढाएकी छन । यसअघि २ हजार ३१९ रहेको मतान्तर १५ हजार ७२४ मत गणना हुँदा २ हजार ५२७ पुगेको छ ।
सो पार्टीकी अध्यक्ष समेत रहेकी श्रेष्ठले ७ हजार ५२ मत पाएकी छन भने गठबन्धनका तर्फबाट काँग्रेस केन्द्रिय सदस्य समेत रहेका पूर्वमन्त्री रामजनम चौधरीले ४ हजार ५२५ मतले पछ्याईरहेका छन ।
त्यस्तै नेकपा एमालेका तपेन्द्रबहादुर रावलले १ हजार ५१८, राप्रपाका लोकेन्द्र कुँवरले ९३८ र राष्ट्रिय स्वतन्त्र पार्टीका टंकप्रसाद ढुंगानाले ४६८ मत प्राप्त गरेका छन । यहाँ कुल १ लाख ७ हजार ६७२ मतदाता रहेकोमा हिजो भएको निर्वाचनमा ६४ हजार ९९९ मत खसेको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १७:११
प्रतिक्रिया दिनुहोस्




