कैलालीका दुई क्षेत्रमा नागरिकको अग्रता कायमै
टीकापुर, मंसिर ६
कैलाली क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा खाता खोलेको नागरिक उन्मुक्ति पार्टीले अन्य दुई क्षेत्रमा समेत अग्रता कायमै राखेको छ । सो पार्टीले क्षेत्र नं. १ र २ मा सुरुवातदेखि नै अग्रता लिइरहेको छ ।
निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार क्षेत्र नं. १ मा १८ हजार ३६५ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ ३ हजार ५३ मतसहित अग्रता लिइरहेकी छन् ।
श्रेष्ठले ८ हजार २ शय ३६ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी काँग्रेस केन्द्रिय सदस्य रामजनम चौधरीले ५ हजार १८३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका तपेन्द्रबहादुर रावलले १ हजार ८४७ मत प्राप्त गरेका छन् ।
कुल १ लाख ७ हजार ६७२ मतदाता रहेकोमा हिजो भएको निर्वाचनमा ६४ हजार ९९९ मत खसेको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १८:११
प्रतिक्रिया दिनुहोस्




