Hamro Patra
प्रदेशका चार मध्ये ३ मा नागरिक र एकमा काँग्रेसको अग्रता

टीकापुर, मंसिर ७
कैलालीको क्षेत्र नं. १ र २ का चारवटा प्रदेश निर्वाचन क्षेत्र मध्ये तीनवटामा नागरिक उन्मुक्ति पार्टी र एउटामा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसले क्षेत्र नं. २ को (क) प्रदेशमा अग्रता लिएको छ भने बाँकी सबैमा नागरिकको अग्रता छ ।

क्षेत्र नं. २ को (क) मा काँग्रेसका उम्मेदवार कमल शाहले अग्रता लिएका छन । उनले अहिलेसम्म गणना भएको १२ हजार २५६ मध्ये ४ हजार २३२ मत पाएका छन । त्यहाँ नागरिक उन्मुक्तिका रतन थापाको ३ हजार ९०८ र नेकपा एमालेकी कमला ओलीको २ हजार ७९३ मत रहेको छ । यहाँ १२ हजार २५६ मत गणना भएको छ ।

सोही क्षेत्रको (ख) प्रदेशमा नागरिकका रामेश्वर चौधरीको ४ हजार ९०, गठबन्धनका तर्फबाट माओवादीका राजेन्द्र साउँदको ३ हजार ३६७ र नेकपा एमालेका डेजी पाण्डेको २ हजार ९४९ मत रहेको छ । चौधरीले सुरुवातबाटै अग्रता लिईरहेका छन । यहाँ १० हजार ४९४ मत गणना भएको छ ।

त्यस्तै क्षेत्र नं. १ को (क) मा नागरिकका उम्मेदवारद्वय कैलाश चौधरी र (ख) मा लक्ष्मण किशोर चौधरीले अग्रता लिएका छन । प्रदेश (क) मा चौधरीले ७ हजार ५६५ मत, गठबन्धनका तर्फबाट माओवादीका दीर्घ बिनाडीले ५ हजार ८३० र एमालेको समर्थन रहेको जसपाका भगतराम चौधरीले १ हजार ३४२ मत पाएका छन । यहाँ ७ हजार ५६५ मत गणना भएको छ ।

प्रदेश (ख) तर्फ अग्रता लिएका चौधरीले ४ हजार २९० मत पाएका छन भने गठबन्धनका तर्फबाट काँग्रेसका डा. रणबहादुर रावलले ४ हजार ५६ र एमालेका द्वारिका न्यौपानेले २ हजार ७५५ मत पाएका छन । यहाँ १३ हजार ४९९ मत गणना भएको सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले जानकारी दिएकी छन ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update