Hamro Patra
कैलाली २ मा नागरिकलाई पछि पार्दै माओवादीको अग्रता

टीकापुर, मंसिर ७
कैलाली क्षेत्र नं. २ मा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्तिलाई पछि पार्दै गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन । प्राप्त मत परिणाम अनुसार १४ हजार २२३ मत गणना हुँदा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट माओवादीका भगत बडुवालले नागरिक उन्मुक्तिका अरुण चौधरीलाई १६७ मतले पछि पारेका छन ।

बडुवालले ४ हजार ६९१ र चौधरीले ४ हजार ५२४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । बडुवालले चौधरीको सुरुवाती अग्रतालाई उछिनेका छन । एमालेका झपटबहादुर रावलको ३ हजार ५८४ मत छ ।

अहिलेसम्म जानकी गाउँपालिकाको मत गणना भएको छ । लम्कीचुहा नगरपालिका, बर्दगोरीया गाउँपालिका र मोहन्याल गाउँपालिका वडा नं. ७ को मत गणना हुन बाँकी रहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update