Hamro Patra
कैलाली २ मा नागरिक तेस्रो स्थानमा झर्यो

टीकापुर, मंसिर ७

कैलाली क्षेत्र नं. २ मा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टी तेस्रो स्थानमा झरेको छ । उसलाई नेकपा एमालेले समेत पछि पारेको छ ।

पछिल्लो मत परिणाम अनुसार गठबन्धनका तर्फबाट माओवादी भगत बडुवाल ५ हजार ९८२ मत सहित अग्रस्थानमा छन भने नेकपा एमालेका झपटबहादुर रावल ४ हजार ९१० मत सहित दोस्रो स्थानमा उक्लिएका छन ।

तेस्रो स्थानमा झरेका नागरिक उन्मुक्तिका अरुण चौधरीको ४ हजार ७३४ मत रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । अहिलेसम्म १६ हजार ५३४ मत गणना भएको छ । यहाँ १ लाख ४ हजार ९०० मध्ये ६० हजार ६२९ मत खसेको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update