Hamro Patra
पाटेबाघको आक्रमणबाट महिला घाइते

टीकापुर, मंसिर ८

कैलालीको टीकापुरमा पाटेबाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १५ की ढुन्की कठायत पाटेबाघको आक्रमणबाट घाइते भएकी हुन् ।

घाइते कठायतको पाखुरा, छाती, पिठ्यु, कानमा चोट लागेको छ । खोटेना भुराखानी र रानी कर्णाली सामुदायिक वन उपभोक्ता समूहको जंगलमा कठायतमाथि बाघले आक्रमण गरेको हो ।

स्थानीय सिद्ध राज ठकुल्लाले दिएको जानकारी अनुसार चार पाँच जना महिलाको समूहमा रहेकाले बाघ आक्रमण गरेर भागेको थियो ।

घाइते कठायतको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । जंगली जनावरले आक्रमण गर्न थालेपछि स्थानीयहरु त्रसित भएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update