Hamro Patra
रेशम पत्नी रञ्जिता श्रेष्ठको सानदार जित

टीकापुर, मंसिर ८

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पति रेशमलाल चौधरीको बिरासत जोगाउन सफल भएकी छन । उनी अत्याधिक मत सहित प्रतिनिधि सभा सदस्यमा विजयी हुन ।

उनी कैलालीको क्षेत्र नं. १ बाट निकटतम प्रतिस्पर्धी भन्दा १२ हजार ३२३ मतान्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडका अनुसार श्रेष्ठले ३० हजार ४०४ मत पाएकी छन ।

उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका पूर्वमन्त्री रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन ।

नेकपा एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार ९१०, राप्रपाका लोकेन्द्रबहादुर कुँवरले ३ हजार ६४८ र स्वतन्त्र पार्टीका टंक ढुंगानाले १ हजार ८६९ मत पाएका छन । अन्य सात उम्मेदवारले हजार मत पुर्याउन सकेनन् ।

मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा कुल १ लाख ६ हजार ७०३ मतदाता मध्ये ६४ हजार १६४ जनाले मतदान गरेका थिए । ती मध्ये ३ हजार २८६ मत बदर भएको सहायक निर्वाचन अधिकृत ओडले जानकारी दिईन ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update