कैलाली २ मा नागरिकले घटायो मतान्तर
टीकापुर, मंसिर ८
कैलाली क्षेत्र नं. २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरीले मतान्तर घटाएका छन । तेस्रो स्थानमा रहेका चौधरी अहिले १३ मतले मात्रै दोस्रो स्थानमा छन ।
पहिलो स्थानमा गठबन्धनका तर्फबाट नेकपा माओवादीका भगत बडुवाल रहेका छन । उनको ९ हजार ४४६ मत रहेको छ भने दोस्रो स्थानमा रहेका चौधरीको ९ हजार ४३३ मत रहेको छ ।
यसअघि दोस्रो स्थानमा रहेका नेकपा एमालेका झपटबहादुर रावलको ९ हजार ११ मत रहेको छ । यस क्षेत्रमा १ लाख ४ हजार ९०० मत मध्ये ६० हजार ६२९ मत खसेको छ ।
जसमध्ये अहिलेसम्म ३१ हजार १६० मत गणना भैसकेको छ भने अझै २९ हजार ४६९ मत गणना हुन बाँकी छ । मत गणना हुन बाँकी रहेको थारु बाहुल्य क्षेत्र भएकाले नागरिक उन्मुक्तिले जित्ने दावी गर्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १७:११
प्रतिक्रिया दिनुहोस्




