Hamro Patra
कैलाली क्षेत्र नं. २ मा एकमा काँग्रेस अर्कोमा नागरिक विजयी

टीकापुर, मंसिर ८
कैलाली क्षेत्र नं. २ (१) मा नेपाली काँग्रेसका कमलबहादुर शाह विजयी भएका छन् । उनी निकटतम् प्रतिस्पर्धी नागरिक उन्मुक्तिका रतन थापा भन्दा १ हजार ६५७ मतान्तरले विजयी भएका हुन् ।

निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार शाहले १० हजार ४३३ मत प्राप्त गरेका छन् भने थापाले ८ हजार ७७५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार कमला ओलीले ८ हजार ८२ मतमै चित्त बुझाउनु परेको छ । थापा निवर्तमान प्रदेस सभा सदस्य हुन् भने ओली राष्टिय सभा सदस्य हुन् ।

त्यस्तै क्षेत्र नं. २ (२) मा भने नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी विजयी भएका छन् । चौधरी नेकपा एमालेका डेजी पाण्डे भन्दा ३ हजार ७५३ मत बढी ल्याएर विजयी भएका हुन् । चौधरीले १० हजार ६६५ मत ल्याउँदा पाण्डेले ६ हजार ९१२ मत ल्याएका थिए ।

पाण्डे नेकपा एमाले कैलालीका सचिव हुन् । २०७४ को प्रदेस सभा निर्वाचनमा विजयी भएका माओवादी केन्द्रका नन्दबहादुर साउँद भने ६ हजार ५५९ मतमै सीमित भएका छन् । कुल खसेको २८ हजार ५१० मध्ये १ हजार ५३९ मत बदर भएको छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update