कैलाली ५ मा गठबन्धनका उम्मेदवार विजयी
धनगढी, मंसिर ९
कैलाली निर्वाचन क्षेत्र नं. ५ मा लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार कांग्रेसका नेता डिल्लीराज पन्त विजयी भएका छन् । उनी नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नारदमुनि रानालाई १ हजार ७१ मतले पछाडि पार्दै विजयी भएका हुन् ।
पन्तले २१ हजार ३ सय ८९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रानाले २० हजार ३ सय १८ मत पाएका छन् ।
यस्तै दुईवटै प्रदेश निर्वाचन क्षेत्रमा समेत गठबन्धनकै उम्मेदवार विजयी भएका छन । प्रदेश क बाट माओवादीका रमेश धामी र प्रदेश ख बाट काँग्रेसका प्रकाश देउवा विजयी भएका छन ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ११:११
प्रतिक्रिया दिनुहोस्




