Hamro Patra
ब्रेड बक्स बेकरी क्याफे सञ्चालनमा

धनगढी, मंसिर ११

धनगढीमा ब्रेड बक्स बेकरी क्याफे सञ्चालनमा आएको छ । धनगढी रोतोपुलस्थित एसपीए रोड जाने बाटो (एसपीएको बीएचएम-बीआईएम भवन) मा क्याफे सञ्चालनमा आएको हो ।

सञ्चालक सुवास शाहीले उक्त क्याफेको आइतबार सफ्ट ओपनिङ गरे । जनवरी १ देखि क्याफेको भव्य उद्घाटन गरिने उनले बताए ।

सफ्ट ओपनिङको अवसरमा क्याफेमा हाल हरेक आइटममा २० प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ । क्याफेमा धनगढीमा नपाइने सम्पूणर् बेकरी आइटम, केक, कफी, फास्टफुड आइटमहरु उपलब्ध छन् ।

क्याफेमा फ्राइ राइस, मःम, चाउमिन, सेन्डविच, बर्गर, चिल्ली, पकोडा, चिप्स, मुस्ताङ आलु, फ्रेन्च फ्राइज, स्विट कर्न क्रेकर्स, चाउचाउ लगायत अर्डरअनुसारका सामाग्री उपलब्ध हुनेछन् । यस्तै बेकरी आइटममा ब्रेड, कपकेक, टेस्ट, बिस्कुट, कुकिज, रोल, डुनट्सलगायत आइटमहरु उपलब्ध हुनेछन् ।

यस्तै क्याफेमा कफी खादैँ पढ्न चाहेका लागि पुस्तकहरु पनि उपलब्ध छन् । त्यसबाहेक क्याफेमा बर्थ-डे, एनिभर्सरीलगायत कार्यक्रम पनि आयोजना गर्न सकिन्छ ।

साथै क्याफेले होम डेलिभरीको व्यवस्था समेत गरेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update