Hamro Patra

टीकापुर, मंसिर १३

कञ्चनपुरमा साथीको घर गएर सुतेका एक युवक मृत फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-२ भाँसीका तारादत्त भट्टको घरमा उनका साथी सोही नगरपालिका-११ का २३ वर्षीय पुरन चौधरी मृत फेला परेका प्रहरीले बताएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुबै जना साथी हुन्। उनीहरु राति सँगै सुतेकोमा चौधरी भने मृत फेला परेका हुन्। मृत्युको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update