Hamro Patra
तरुल कोर्ने क्रममा च्यापिएर बालकको मृत्यु

टीकापुर, मंसिर १४

सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा तरुल कोर्ने क्रममा ढुङ्गाले च्यापिएर एक बालकको मृत्यु भएको छ ।

मंगलसेन नगरपालिका वाडा नम्बर ११ खिमाडामा तरुल कोर्ने क्रममा पुरन भुलका १४ वर्षीय छोरा गौतमको मृत्यु भएको हो ।

पडानी भन्ने ठाउमा तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर गौतमको घटनास्थलमै उनको मृत्युु भएको जनाइएको छ । परिवारका सदस्यसँगै जंगल गएका उनी ढुङ्गा मुनि च्यापिएका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update