Hamro Patra
टीकापुरका युवकको जुम्ला विमानस्थलमा मृत्यु

टीकापुर, मंसिर १६
टीकापुर नगरपालिका–७ सत्तीका रामप्रसाद जैशी जुम्ला विमानस्थल नजिकै मृत फेला परेका छन । उनी आज बिहान साढे १० बजेतिर विमानस्थलको पश्चिमतर्फको तार जाली भित्र बेहोस अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बेहोस अवस्थामा फेला परेका जैसीको उपचारको लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको थियो । प्रतिष्ठानका डाक्टरले जैसीलाई उपचारमा क्रममा मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीले बताए ।

‘अनुसन्धान गर्दा मदिरा सेवन गरेको देखिन्छ र छारे (मुर्छा पर्ने) रोग रहेछ’ उनले भने–‘अलि सुगर घटेको छ । तापक्रम बढेको र विपि आउदै नआएको मेडिकल रिपोर्ट बाट देखिन्छ ।’

उनले मृतक जुम्ला घुमफिर गर्न आएको भन्ने बुझिएको बताए । उनले मृतकका आफन्तलाई खवर भइसकेको र आफन्तहरु आइरहेको जानकार दिए । शवको पोष्टमार्टम गर्न बाँकी छ । उक्त स्थानमा थप अनुसन्धानको लागि प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update